खाेज्नुहाेस

कैलालीमा कारको ठक्करबाट एक महिलाको मृत्यु

Image

धनगढी – कैलालीमा कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। भजनी नगरपालिका–४ की ४५ वर्षीय फूलबासनी चौधरीको कारको ठक्करबाट मृत्यु भएको हो।

navjiwan hospital

भजनी नगरपालिका–४ खैलाडमा बिहिवार दिउँसो बा १७ च ५९६ नम्बरको कारले पैदल यात्री ४५ वर्षीय फूलबासनी चौधरी र ५० वर्षीया आसिया चौधरीलाई ठक्कर दिएको थियो। फूलबासनीको बिहिवार साँझ सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो। असिया चौधरीको उपचार जारी रहेको प्रहरीले बताएको छ।

attariya hospital

नेपाल प्रहरीले कार र कारका चालक लम्की–चुहा नगरपालिका–२ २९ वर्षीय सुनील डाँगीलाई नियन्त्रणमा लिएको छ।