बझाङ – बझाङमा कुटपिटमा परेर घाइते भएका एक युवकको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका–५ डिलबगरका २० वर्षीय अभिशेष थापाको मृत्यु भएको हो ।

कात्तिक २ गते साँझ मृतक थापालाई स्थानीय युवाको समूहले कुटपिट गरेको थियो । कुटपिटबाट गम्भीर घाइते भएका अभिशेषको बझाङमा उपचार हुन नसकेपछि धनगढी ल्याइएको थियो । धनगढीस्थित निर्सग अस्पतालले उनलाई सोमबार मृत घोषणा गरेको हो ।

घटनामा संलग्न रहेको भन्दै नेपाली सेनाका सिपाही प्रचण्ड थापा, सोही गाउँका अनिल थापा र खगेन्द्र जोशीलाई ३ गते नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।















