खाेज्नुहाेस

जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका देउवाले भने ‘निर्वाचनको माहोल बनेको छैन’

Image

काठमाण्डौं – गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पहिलोपटक मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सार्वजनिक भएका छन ।

उनले बैठकमा २१ फागुनका लागि घोषित निर्वाचनका लागि भयरहित वातावरण नबनेको बताए । केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले मुलुकमा शान्ति सुरक्षाको ग्यारेन्टी नभएको बताए । ‘सरकारले २१ फागुनका लागि निर्वाचनको मिति घोषणा गरेको छ । तर, स्वतन्त्र र निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन,’ देउवाले भने, ‘निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सके मात्र निर्वाचनमा सबै सहभागी हुने अवस्था बन्छ । यसतर्फ सरकारको ध्यान जाओस् ।

add everest academy
attariya hospital
navjiwan hospital

उनले आफू पाँचपटक प्रधानमन्त्री भएपनि करिब संसद्को एउटा पूर्ण कार्यकाल जति मात्रै बनेको बताए । उनले भने ‘मैले छोटो छोटो समयका लागि भए पनि पाँचपटक प्रधानमन्त्री हुने अवसर पाएँ । पाँचपटक प्रधानमन्त्री हुँदा करिब एक कार्यकालको समय थियो । त्यसमा पनि अधिकांश चुनावी सरकारको नेतृत्व गरेको थिएँ ।’

कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

यसैबिच मंगलबार पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई दिएको छ ।
बैठक सभापति देउवाले सम्बोधन गरिसकेलगत्तै स्थगित गरिएको छ । बिहिबार फेरि बस्ने केन्द्रीय समितिको बैठकको अध्यक्षता खडकाले नै गर्ने भएका छन ।

attariya technical collage

खड्कालाई कार्यवाहक उपसभापतिको जिम्मेवारी दिएका देउवा उपचारका लागि विदेश जाने तयारीमा छन् ।