खाेज्नुहाेस

डोटीमा प्रहरी जवान मृत फेला, टाउकोमा चोट

Image

डोटी – डोटीमा प्रहरी जवान मृत फेला परेका छन् । शुक्रवार राती शिखर नगरपालिका–८ तिलताली घर भएका  प्रहरी जवान शङ्कर बलायर मृत फेला परेका हुन् ।

navjiwan hospital

केआई सिंह राजमार्ग अन्तर्गत गोपघाट उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । बलायरको टाउकोमा गम्भीर चोट लागेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

attariya hospital

बलायर नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारामा दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत थिए । उनी असोज ७ गतेदेखि लागू हुने गरी १८ दिनको बिदामा आएका थिए ।

अहिले स्थानीयले घटनाको सत्यतथ्य छानबिन हुनपर्ने र दोषीलाई कारबाही गर्नुपर्ने माग राख्दै राजमार्ग बन्द गराएका छन ।