खाेज्नुहाेस

आजको दायित्व

Image
देशको घाउ देखेर, दुख्दैन की मुटु कसो ?
आफैमा मस्त भै राख्छौ,माया नै छैन की कसो?
attariya hospital
अशान्ति नै अशान्ति छ, जता हे-यो उतै तिर।
उठ्दैछन् शान्त सिन्धुमा,ज्वार भाट सबैतिर।२।
ढल्दैछन् देशका आशा, सबैका सामु मार्गमा।
जल्दैछन् बिन सित्तिमा,आस्थाका पुंज सामुमा
कलीला नानीबाबुका, क्षतविक्षत लास छन्।
अस्पतालै भरी नाना, घाइतेहरू टन्न छन्।४।
कसले खेली रहेको छ, यो हाम्रो भावना सित?
किन हामी लडेका छौँ, बन्धु बान्धव कै बिच।५
चेतना शून्य भै हामी, आगोमा नै रमाउॅछौं ।
देश- निर्माणमा हैन , विनाशै तिर लाग्दछौँ।६।
बुद्धका देशमा शान्ति, स्वप्न झैँ भई नै सक्यो।
सारा गौरव पुर्खाको,ध्वस्त नै भई नै सक्यो।७।
कस्तो शान थियो हाम्रो, विश्वमा नै सबैतिर।
कस्तो पारी दिएका छौँ, देशको हाल हेर त !८।
navjiwan hospital
जो अर्का देशमा शान्ति,गर्नका लागि लड्दथ्यो।
त्यो आफ्नै देशमा आज, लडिमर्ने पनि भयो।९।
आफ्नो उन्नतिका शत्रु, हामी आफै हुने भए।
कसले मद्दत गर्ला र, हामी आफै न सच्चिए१०।
भ्रष्टाचारी र हत्यारा, बस्नु नै हुन्न देशमा।
नवनिर्माणमा फेरी, जुट्नु नै पर्छ देशमा।११।
नयाँ निर्माणको जिम्मा, नयाँले लिनु पर्दछ।
सहयोगी बनी उन्को, हामीले बस्नु पर्दछ।१२।
नयाँ पीढी नयाँ बुद्धि, नयाँ उत्साहकै भर।
चल्न सक्ने भए मात्रै, राष्ट्र बन्दछ निश्चित।१३
बिर्सिदियौ अब ती थोत्रा, भ्रष्ट नायकका कुरा।
 लाग्नु पर्दछ यो शक्ति, राष्ट्रनिर्माण मै पुरा१४
घृणा विद्वेषले हैन, प्रेमले जित्नु पर्दछ ।
सबैले सबको साथी, भएरै बाच्नु पर्दछ।१५।
डा. टेकराज पन्त
टेक्सास, अमेरिका