खाेज्नुहाेस

कैलाली, कञ्चनपुर सहित १७ जिल्लामा बाढीको जोखिम

Image

आज १७ जिल्लामा बाढीको जोखिम देखिएको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज देशका १७ जिल्लामा बाढीको मध्यम जोखिम छ।

navjiwan hospital

ठूला नदीहरू कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, बबई र पश्चिम राप्ती नदीको बहाव उल्लेख्य मात्रामा बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

attariya hospital

आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, धादिङ, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, नवलपरासीपूर्व, नवलपरासीपश्चिम, रुपन्देही, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।