खाेज्नुहाेस

डोटीको बाल सुधारगृहबाट भागेका ३२ जना फर्किए

Image

डोटी – डोटीमा बाल सुधारगृहबाट भागेका ५२ जनामध्ये ३२ जनालाई फर्काइएको छ । गत भदौ २४ गते रातको समयमा बाल सुधारगृहबाट भागेका ५२ जनामध्ये शनिबारसम्म ३२ जनालाई नियन्त्रणमा लिइएको बाल सुधार गृहका प्रमुख सानुमाया लिम्बुले जानकारी दिइन् ।

navjiwan hospital

उनका अनुसार भागेकामध्ये केही आफैँ, केहीलाई अभिभावकले बुझाएका हुन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएर बाल सुधारगृहको जिम्मा लगाएको थियो । विभिन्न मुद्दामा सुधारगृहमा रहेका २० जना अझै फरार रहेको लिम्बुले जानकारी दिइन् । गत भदौ २४ गते सुधारगृहबाट ५२ जना भाग्दा १ जना भने सुधारगृहमै बसेका थिए ।

attariya hospital

जिल्ला प्रशासन कार्यालय डोटीले शनिबार भोजबहादुर ऐडीको संयोजकत्वमा फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन २०८२ जारी गर्दै बाल सुधारगृहमा फर्कन आग्रह गरेको छ । तोकिएको समयभित्र नफर्कनेका हकमा प्रचलित कानुनबमोजिम कारबाही हुने संयोजक प्रमुख ऐडीले जानकारी दिए ।