काठमाडौं – प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को जिम्मेवारी दिएको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी केसीलाई सीआईबी प्रमुखका रुपमा सरुवा गर्ने निर्णय गरेको हो। उनले तत्कालीन समयमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका थिए। त्यसक्रममा डा. आरजु राणाविरुद्ध अनुसन्धान अगाडि बढाउँदा उनी जिम्मेवारीबाट हटाइएका थिए।

अहिले उनै डा. केसी फेरि सिआईबी प्रमुखका रुपमा सरुवा भएका हुन्। त्यसबेला उनी डीआईजी दर्जामा दोस्रो हैसियतमा त्यहाँ कार्यरत थिए। उनले ललिता निवास प्रकरणको पनि अनुसन्धान गरेका थिए। उनी नेतृत्वको टोलीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई समेत पक्राउ गरेको थियो।
यसअघि सीआईबी प्रमुख रहेका एआईजी चन्द्रकुबेर खापुङ प्रहरी महानिरीक्षकमा पदोन्नति भएपछि सीआईबी नेतृत्वविहीन थियो। अहिले जिम्मेवारी पाएका केसी कात्तिक २७ मा रिक्त हुने ३३ औं आईजीपीका एक दावेदार पनि हुन्।



















