खाेज्नुहाेस

आजदेखि स्थानीय तह संञ्चालन गर्न सर्कुलर र विद्यालय पनि सञ्चालन हुने

Image

काठमाडौं – जेनजी आन्दोलनका कारण लगाइएको कर्फ्यू र निषेधाज्ञा हटेसँगै आजदेखि स्थानीय तहको सेवा र विद्यालय सञ्चालन हुने भएका छन् । शनिबारदेखि नै जनजीवन सामान्य बनेकोले जादेखि स्थानीय तहको सेवाका साथै विद्यालयहरु सञ्चालन गर्न लागिएको हो ।

navjiwan hospital

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले शुक्रबारै सेवा अघि बढाउनेबारे ७५३ वटै पालिकाहरूलाई सर्कुलर जारी गरेको छ । क्षति भएका कार्यालयहरूलाई वैकल्पिक स्थान खोजेर अत्यावश्यक सेवा अघि बढाउन भनिएको छ । सिंहदरबारभित्रका कार्यालयहरू पनि वैकल्पिक व्यस्थापन गरेर काम गरिने मन्त्रालयले जनाएको छ ।

attariya hospital

स्थानीय तह र जिल्ला प्रशासनबाट सबैभन्दा धेरै स्थानीयका सेवाहरू सञ्चालन हुने गरेका छन् । सर्वसाधारणका अत्यावश्यक कामहरू रोकिएका थिए । मन्त्रालयले क्षतिग्रस्त कार्यालयहरुको विवरण पनि संकलन गरेर पठाउन भनेको छ ।

शिक्षा मन्त्रालयले पनि स्थिति सामान्य भएकाले आइतबारदेखि नै विद्यालयहरू खोल्न निर्देशन दिइसकेको छ । विद्यालय स्थानीय तहमा अन्तर्गत पर्ने भएकाले सम्बन्धित पालिकाहरूले स्थिति अनुसार विद्यालयलाई जानकारी गराउने छन् ।