राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते प्रतिनिधिसभा चुनाव गर्ने घोषणा गरेका छन्।

शुक्रबार शपथ लिएपछि कार्कीले पहिलो निर्णयमै संसद् विघटनको सिफारिस गरेकी थिइन् ।

जेन–जी आन्दोलनबाट प्रधानमन्त्री बनेकी कार्कीको सिफारिस राष्ट्रपतिले सदर गरेका हुन्।



















