काठमाडौं – नेपाल पञ्चांग निर्णायक विकास समितिले खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण आज लाग्ने जनाएको छ ।

ग्रहणले राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चांग)मा उल्लेख छ । राति ११ : ५६ मा चन्द्रग्रहणको मध्य हुनेछ । राति १ : ४१ बजे ग्रहण सकिने समितिका पूर्वअध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिएका छन् ।

साढे तीन घण्टा काठमाडौंबाट चन्द्रग्रहण देखिने उनले बताए ।


















