खाेज्नुहाेस

आँगनमै बजारिन्छ हात्तीको पाउ, स्थानीय त्रसित

Image

अत्तरिया – दोमिल्ला अहिले जङ्गली हात्तीको त्रासमा छ । करिब २ दर्जन हात्ती बस्तीमा पसेर तहसनहस पारिरहेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका – १ मा पर्ने उक्त क्षेत्रमा हात्ती गाउँमा पसेर घर भत्काउने, धान बाली मास्न थालेपछि स्थानीय त्रसित बनेका छन् । स्थानीय अम्बदत्त भट्टले दैनिक जस्तो हात्ती बस्तीमा पस्न थालेपछि स्थानीय त्रसित बनेको बताए ।

उनले हात्तीले बस्तीमा पसेर घर भत्काउनुका साथै धान बालीमा पनि क्षति पुगाएको बताए । ‘हात्ती बस्तीमा पस्न थालेपछि अहिले हामी रातभर जाग्राम बस्न बाध्य भएका छौ’ उनले भने ‘राती हात्ती घर आँगनमै आउने भएकाले पालो पालो लगाएर रातभर कुर्ने गरेका छौ ।’ उनले हात्तीले धान बालीमा ठुला क्षति पुगाएको बताए ।

attariya hospital

स्थानीय गणेशप्रसाद भाटले आफू घर भित्रै भएको बेला हात्तीको बथानले घर भत्काएको बताए । उनले घरभित्र राखिएको अन्न, लुगा कपडा कुल्चिएर नष्ट गरेको बताए । पछिल्लो समय दोमिल्लामा हात्तीको बथान घर आँगनमै आउन थालेको छ । हात्तीले आँगनमै पाइला बजार्न थाले पनि स्थानीय त्रसित छन् ।

navjiwan hospital

हात्तीले धान खेती सँगै सामुदायिक वनमा लगाइएको अम्रिसोखेती र नेपियर घाँस समेत खाएर सखाप पारेको छ । स्थानीय मदन नेपालीले हात्तीले गाउँमा आतकं मच्चाएको भए पनि सरोकार वाला निकायले चासो नदिएको बताए । उनले हात्ती नियन्त्रणका लागि कुनै पहल नभएको बताए ।

कृष्णपुर नगरपालिका – १ का वडाध्यक्ष मोहन बहादुर बस्नेतले २ वटा घर भत्काएको बताए । उनले दोमिल्लाको उत्तरी क्षेत्रमा हात्तीले आतकं मच्चाएको बताए । उनले स्थानीय ३ जनाको घर भत्काएको र बाली नालीमा पनि ठुलो क्षति पुगेको बताए । हात्ती भारत स्थित दुधुवा नेसनल पार्कबाट आएको हुनसक्ने उनको अनुमान छन् । उनले हात्ती करिब २३/२४ को हाराहारीमा भएको बताए ।

‘दुधुवा नेसनल पार्कमा अहिले पानी छ’ उनले भने ‘पानी भरिने ठाउँबाट हात्तीहरू उँचो ठाउँमा आएको हाम्रो अनुमान छ ।’ उनले वर्षीनी हात्ती वडामा क्षति पुगाउने गरेको बताए । हात्ती बस्तीमा हात्ती आउनबाट रोक्नको लागि गाउँलेहरू मिलेर आगो बालेर हो हल्ला गरेर भगाउने गरेको बताए । हात्ती धपाउन प्रशासन कार्यालयले पटाका पनि उपलब्ध गराएको उनले बताए ।

बर्सेनि बालीमा हात्तीको बथानले खाने मात्रै नभएर कुल्चेर जाने गरेपछि किसान भने निकै समस्यामा परेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज रहेको कञ्चनपुरका कृष्णपुर नगरपालिका सँगै शुक्लाफाँटा, दोधार चाँदनी, बेल्डाडी लगायतका क्षेत्रमा रहेको बाली सँगै मानवीय र भौतिक क्षति समेत गर्ने गरेको छ ।