
अत्तरिया– बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । बिहिबार जिल्लाको केदारस्यूँ गाउँपालिका– ५ बहोराडी बस्ने ५९ वर्षिया कमला बोहराको भिरबाट लडेर मृत्यु भएको हो ।
घर नजिकैको जंगलमा घास काट्न गएकी बोहरा घास काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाईते भएकी थिईन । भीरबाट करिब १०० मिटर तल खसेकी उनलाई उपचारका लागि जिल्ला अस्पताल चैनपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

















