खाेज्नुहाेस

भानुजयन्तीको अवसरमा सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानद्वारा स्रष्टाहरू सम्मानित

Image
धनगढी – सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले २०८१ को प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कारबाट विभिन्न विधाका सात स्रष्टालाई पुरस्कृत तथा सम्मानित  गरेको छ। प्रतिष्ठानले २१२ औँ भानुजयन्तीको अवसरमा आइतबार धनगढीमा एक विशेष समारोहको आयोजना गरी प्रादेशिक प्रतिभा पुरस्कार तथा सम्मान प्रदान गरेको हो।
attariya hospital
 प्रतिष्ठानले भाषा तर्फ वीरबहादुर चन्द (बैतडी), साहित्य तर्फ सह प्रा. गणेशराज जोशी (दार्चुला), लोकसंस्कृति तर्फ यज्ञराज उपाध्याय(अछाम) लोक गायन तर्फ डिक्रा बादी (बझाङ), चलचित्र तर्फ संगत थारू (कैलाली) ,नृत्य तर्फ रामबहादुर रावल (डोटी), ललितकला तर्फ अमर सुनार (कञ्चनपुर) लाई प्रादेशिक प्रतिभा पुरस्कार प्रदान  गरेको छ।
समारोहमा प्रमुख अतिथि सामाजिक विकास मन्त्री मेघराज खड्का, सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.टीएन जोशी र प्रदेश सभा सदस्य विक्रम धामीले पुरस्कृत स्रष्टालाई दोसल्ला, नगद, र अभिनन्दनपत्रबाट सम्मानित गरे।
navjiwan hospital
यसै गरी कार्यक्रममा केही अन्य स्रष्टाहरूलाई पनि प्रतिष्ठानले प्रादेशिक प्रतिभा सम्मान प्रदान  गरेको छ।  सम्मानित हुनेमा नाट्य तर्फ उमेश मायालु (डडेल्धुरा), चलचित्र तर्फ अम्बिका प्रसाद आचार्य (कैलाली), लोक दोहोरी तर्फ पदमबहादुर धामी (अछाम), लोक गायन तर्फ उमाशंकर जोशी (बझाङ), मातृभाषा चलचित्र तर्फ खडक मल्ल (डोटी), चित्रकला तर्फ मनिष चौधरी (कैलाली), नृत्य तर्फ हेमराज भट्ट (कैलाली), नाट्य तर्फ प्रेम भण्डारी (कैलाली) र गायन तर्फ प्रकाश बहादुर शाह रहेको प्रतिष्ठानले जनाएको छ।
प्रादेशिक प्रतिभा पुरस्कार प्राप्त गर्ने स्रष्टाहरूलाई नगद पचास हजारसहित र प्रादेशिक प्रतिभा सम्मान प्राप्त गर्ने स्रष्टाहरूलाई नगद बीस हजारसहित अभिनन्दनपत्र प्रदान गरिएको हो।
समारोहमा प्रतिष्ठानको अनुसन्धानमूलक ग्रन्थ  संस्कृति र इतिहास विशेष  सगुनु र लेखक इन्द्र  चौधरीद्वारा लिखित तथा सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित सुदूरपश्चिमका थारू संस्कृति र लोककथा कृति प्रमुख अतिथि मन्त्री खड्का र प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले लोकार्पण गरे। समारोहमा आदिकवि भानुभक्तको व्यक्तित्व र कृतित्व माथि प्रा.गणेशराज जोशीले चर्चा गरे। आइतबार सम्पन्न भानुजयन्ती, प्रादेशिक प्रतिभा पुरस्कार समर्पण, स्रष्टा सम्मान तथा साहित्यिक सांस्कृतिक उत्सव समारोहमा विविध सांस्कृतिक प्रस्तुति राखिनुका साथै कविता वाचनसमेत गरिएको थियो ।
समारोहमा नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक विक्रम धामी, संविधान सभा सदस्य आनन्दी पन्त, पूर्व सांसद यज्ञराज पाठक, वरिष्ठ कथाकार किरण आचार्य, महाकाव्यकार मनिराज जोशी, प्राज्ञ यज्ञराज उपाध्याय, सुदूरपश्चिम विश्वविद्यालयका कार्यकारी सदस्य हरिकृष्ण कडायत लगायत विशिष्ट साहित्यिक स्रष्टाहरूको उपस्थिति थियो।