बैतडी – बैतडीका तीन जना किसानलाई भीमदत्त उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ ।

बुधबार कृषि तथा पशुपालन क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका तीन जना किसानहरुलाई जिल्लास्तरीय ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ प्रदान गरिएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त कार्यालय प्रमुख हरिदत्त जोशीले बताए ।

पुरुस्कृत तिनै जनालाई जनही २५ हजार रुपियाँ पुरस्कारसहित सम्मानपत्र र दोसल्लाले सम्मानले सम्मान गरिएको बताइएको छ ।
पशुपन्छी तर्फ कुखुरा पालन व्यवसाय गर्दै आएका पाटन नगरपालिका वडा नम्बर १० मदनराज भट्ट, कृषितर्फ मौरीपालन व्यवसाय गर्दै आएका दशरथचन्द नगरपालिका वडा नम्बर ५ का सुदर्शन प्रसाद लेखक र तरकारी खेती गर्दै आएका दशरथचन्द वडा नम्बर ४ का ममता टोक्टरे माललाई सम्मान गरिएको जोशीले जानकारी दिएका छन ।














