
अत्तरिया – कैलालीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन् । आइतबार जानकी गाउँपालिका – ९ पाताभारबाट २१ वर्षीय जनक बोगटी पक्राउ परेका हुन ।

उनलाई घरबाटै लागू औषध सेवन गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको कोठा खानतलासी गर्दा ११४ मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीको भनाइ छ ।
















