खाेज्नुहाेस

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको निर्णय

Image

धनगढी– नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार नागरिक उन्मुक्तिबाट उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रहेका रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि रुष्ट बनेको नागरिक उन्मुक्ती पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो ।

navjiwan hospital

शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारलाई दिइएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । संसदीय दलका नेता घनश्याम चौधरीले भने, ‘संसदीय दलको बैठकको बहुमतको निर्णयबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छौं ।’ सात जना सांसद रहेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दल बैठकमा चार जना सांसद उपस्थित थिए ।

attariya hospital

घनश्याम चौधरी, टीका थापा, इन्दिरा गिरी र रामेश्वर चौधरी बैठकमा उपस्थित थिए भने कैलाश चौधरी, खुसीराम डगौरा थारु र लक्ष्मणकिशोर चौधरी बैठकमा अनुपस्थित थिए । कैलाश चौधरीले भने, ‘जे मन लाग्यो त्यही गरेर हुन्न, समर्थन फिर्ता लिने हो भने पनि पार्टीको स्पष्ट निर्णय आउनुप¥यो । अझ, सुरुमा त संघ सरकारमा रहेका अरुण चौधरीले पहिला राजिनामा दिनुप¥यो नि ।’ सरकारलाई पत्र दिने तयारी भइरहेको दलका नेता चौधरीले बताए ।