खाेज्नुहाेस

कैलालीका स्थानीय तहले ल्याए सवा १३ अर्ब बजेट

Image

अत्तरिया – कैलालीका १३ वटै स्थानीय तहले सवा १३ अर्ब बजेट ल्याएका छन् । असार १० गते सम्म १३ वटै पालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १३ अर्ब २५ करोड ६२ लाख बजेट ल्याएका हुन ।

navjiwan hospital

जसमा सबैभन्दा धेरै सुदूरपश्चिमकै एक मात्रै उपमहानगरपालिका धनगढीले २ अर्ब ५६ करोड ४ लाख बजेट ल्याएको छ भने सबैभन्दा कम चुरे गाउँपालिकाले ५२ करोड ८७ लाख ९७ हजारको बजेट ल्याएको छ ।

attariya hospital

यस्तै घोडाघोडी नगरपालिकाले एक अर्ब एक करोड ४० लाख २२ हजार, गौरीगंगा नगरपालिकाले एक अर्ब एक करोड ७६ लाख ३३ हजार, टीकापुर नगरपालिकाले ९३ करोड ६७ लाख ९७ हजार, गोदावरी नगरपालिकाले एक अर्ब १८ करोड ५४ लाख र लम्कीचुहाको नगरपालिकाले एक अर्ब २० करोड ९९ लाखको बजेट ल्याएका छन् ।

जोशीपुर गाउँपालिकाले ८३ करोड ८६ लाख ५९ हजार १५४, मोहन्याल गाउँपालिकाले ६१ करोड ५० लाख, बर्दगोरिया गाउँपालिकाले एक अर्ब २ करोड ९१ लाख, भजनी नगरपालिकाले ६८ करोड ४३ लाख ६५ हजार ३४१, जानकी गाउँपालिकाले ९१ करोड ३७ लाख र कैलारी गाउँपालिकाले ७२ करोड २५ लाखको बजेट ल्याएका छन् ।