खाेज्नुहाेस

टिङ्कर सडकका लागि न्यून बजेट विनियोजन गरिएको भन्दै प्रदर्शन

Image

धनगढी – महाकाली कोरिडोर अन्तर्गत पर्ने दार्चुलाको ब्याँस गाउँपालिका–१ तुसारपानी–टिङ्कर सडकखण्ड थप निर्माणका लागि पर्याप्त बजेट विनियोजन नगरेको भन्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाले विरोध गरेको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय दार्चुलामा धर्ना दिदै प्रमुख जिल्ला अधिकारी अनिल पौडेल मार्फत नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन बुझाएको छ ।

navjiwan hospital

जिल्ला प्रशासन कार्यालय अगाडि पुगेका नेता, कार्यकर्ताहरूले विरोध स्वरुप–कि त सरकार बजेट देऊ, कि त नक्सा फिर्ता लेऊ, चुच्चे नक्सा करायो, टिंकर सडकमा यथेष्ट बजेट व्यवस्था गर, नक्कली राष्ट्रवाद मुर्दावाद, दार्चुला जिल्लालाई पिछडिएको जिल्ला घोषणा गर, दार्चुलालाई हेर्ने सौतेलो व्यवहार बन्द गर, झुटा आश्वासन दिन पाइँदैन, दार्चुला जिल्लालाई अन्याय भयो, जस्ता नारा लगाएका थिए ।

attariya hospital

देशकै गौरव र सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धिको आधारका रूपमा रहेको दार्चुला–टिङ्कर सडक निर्माणमा सरकारले देखाएको उदासिनता र दार्चुलेली जनताको भावनामाथि खेलबाड गरेको विरोधमा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिँदै विरोध गरेको तथा ज्ञापन बुझाएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाका सचिव पुलेन्द्रबहादुर कार्कीले बताए ।