कञ्चनपुर– नागरिक उन्मुक्ति पार्टीका कञ्चनपुर जिल्ला अध्यक्ष नन्दकुमार रानाले पार्टी परित्याग गरेका छन् । नाउपाका केन्द्रिय सदस्य समेत रहेका रानाले बिहिबार केन्द्रिय समिति समक्ष विभिन्न पदबाट राजिनामाका साथै पार्टी परित्याग गरेको विज्ञप्ती पेश गरेका हुन ।
नेतृत्वले पार्टी स्थापनाको मूल मर्म बिर्सिएको भन्दै साधारण सदस्यसमेत नरहनेगरी पार्टी परित्याग गरेको उनले विज्ञप्तीमा भनेका छन । रानाले नाउपा पनि परम्परागत संसदीय दलहरुको सिको गर्दै पद, प्रतिष्ठा, सत्ता र व्यक्तिगत लाभहानीका आधारमा सीमान्तकृत समुदायको पहिचान, स्वतन्त्रता, समृद्धिको पक्षमा भूमिका विश्वासमाथि कुठाराघात भएको आरोप लगाएका छन् ।


पार्टीका पछिल्ला गतिविधि हेर्दा नैतिकता, राजनीतिक इमान्दारिता र संस्कारका कारण जिम्मेवारीमा बसिराख्न उचित नहुने ठानेर पार्टी परित्याग गरेको उल्लेख गरेका छन् ।
विज्ञप्ती





















