खाेज्नुहाेस

बाजुराकी रंगीले पाईन ८९ वर्षको उमेरमा नागरिकता

Image

बाजुरा– बाजुराको बुढीगंगा नगरपालिका–८ की रंगी नेपालीले ८९ वर्षको उमेरमा नागरिकता पाएकी छन । प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले उनलाई नेपाली नागरिकताको प्रमाणपत्र दिएका हुन ।

navjiwan hospital

८९ वर्षिया रंगीकी एक छोरी मात्रै आफन्त भएको र उनको पनि विवाह भएपछि उनि एक्लो बनेको वडाध्यक्ष रमेश रावलले बताए । उनका अनुसार रंगीलाई विगत लामो समय देखी नै नेपाली नागरिकता दिलाउन प्रयास भएको भएपनि कानुनी व्यवधानका कारण सकिएको थिएन् ।

attariya hospital

छोरीले विवाह गरेर गएपछि साहारा विहीन बनेकी रंगी नागरिकता नहुँदा नगरपालिकाबाट पाउने सेवा सुविधाबाट बञ्चित हुनु परेको थियो । रंगीको नागरिकता बनाउनका लागि कानुनी प्रक्रियामा सहयोग गर्ने आफन्त कोही नभएकाले आफैले सनाखत गरेर नागरिकता दिलाउन सहयोग गरेको वडा अध्यक्ष रावलले बताए । ८९ वर्षको उमेरमा नागरिकता पाएपछि रंगी नेपाली खुसी देखिएकी छन ।

उनका श्रीमान् बितेको करिब २२ वर्ष पुगिसकेकाले हालसम्म कानुनी प्रक्रिया नपुगेपछि नागरिकताबाट बञ्चित भएकी नेपालीलाई प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले वडा अध्यक्ष रावलको सिफारिसमा नागरिकता प्रदान गरेका हुन । नेपालकै नागरिक भएको र स्थायी बसोबास गर्दै आएकी वृद्ध महिलालाई कानुनी प्रावधान पुरा गरी नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी पाध्यायले बताए ।