रेखा खड्का, अत्तरिया – डोटीमा भालुको आक्रमणबाट २ जना घाइते भएका छन्।

सायल गाउँपालिका–६ स्वाडाका अन्दाजी ६० वर्षीय करी साउद र उनकी श्रीमती अन्दाजी ५५ बर्सिया दुर्गा साउद घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

सौडीखेत स्थित खर्क(गोठ) मा सोमवार राति उनीहरूलाई भालुले आक्रमण गरेको हो।
दुबै जनालाइ उपचारको लागि सिलगढी लगिएको प्रहरीले जनाएको छ।

















