खाेज्नुहाेस

कञ्चनपुरका ६ क्याम्पसको परिणाम सार्वजनिक, ४ मा नेवि संघ र २ मा अखिल क्रान्तिकारी विजयी

Image

कञ्चनपुर – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत कञ्चनपुरका ६ क्याम्पसमा मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मतपरिणाम सार्वजनिक भएको छ ।

दोधारा चाँदनीको भानु बहुमुखी क्याम्पस, बेलडाँडीको रौलेश्वर आदर्श, बेलौरीको महाकाली बहुमुखी, पुनर्वासको जनता बहुमुखी, कलकत्ताको रामपुर बहुमुखी क्याम्पस र गुलरियाको कञ्चन बहुमुखी क्याम्पसमा भएको चुनावको परिणाम सार्वजनिक भएको हो।

attariya hospital

अन्तिम नतिजा अनुसार ४ क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेवि सघ), २ क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विजयी भएका छ्न ।

पुनर्वासको जनता बहुमुखी क्याम्पसमा नेवि संघका विकास खड्का प्यानलसहित विजयी भएका छन्।

बेलडाँडीको रौलेश्वर आदर्श बहुमुखी क्याम्पसमा नेवि संघका मोहन जैसी विजयी भएका छ्न।

दोधारा चाँदनीको भानु बहुमुखी क्याम्पसमा नेवि संघका सुवास नेगी प्यानलसहित विजयी भएका छन्।

navjiwan hospital

कञ्चन बहुमुखी क्याम्पसमा नेवि सघका सुनिल ऎर विजयी भएका छ्न ।

बेलौरीको रामपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीकी रविना राना प्यानलसहित निर्वाचित भएकी छिन ।

बेलौरीकै महाकाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका दीपक चौधरी निर्वाचन भएका छ्न ।

२ क्याम्पसमा निर्विरोध

यसअघि कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारी र दानेश्वर बहुमुखी क्याम्पसमा भने निर्विरोध स्ववियु चयन भइसकेको छ ।

झलारीस्थित कृष्ण बैजनाथ क्याम्पसकाे स्ववियु सभापतिमा नेविसंघका करनप्रसाद भट्ट निर्विरोध निर्वाचित भएका थिए । दानेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियुकी विमला रावल निर्विरोध निर्वाचित भएकी थिइन ।

त्रिवि अन्तरगत कञ्चनपुरको सिद्धनाथ विज्ञान क्याम्पस सहित कञ्चन विद्या मन्दिर सामुदायिक कलेज, जनज्योति, घटाल, उदय सरस्वती, वारिधी, बालजागृति  लगायतका क्याम्पसमा निर्वाचन हुन सकेन ।

-अपडेट गरिएको