खाेज्नुहाेस

सच्चा मानेमा एक हुन सक्या खण्डमा हाम्रो पार्टीले एक्लै बहुमत ल्याउँछ : देउवा

Image

अत्तरिया – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सच्चा मनले लागे कांग्रेस एक्लैले बहुमत ल्याउन सक्ने बताएका छन् । धनगढीमा सुरु भएको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले समानुपातिक प्रणालीमा बहुमत ल्याउन कठिन भए पनि सच्चा मनले लागे सम्भव भएको बताएका हुन ।

‘अहिले समानुपातिक प्रतिनिधित्वको आधारमा संविधान छ । राष्ट्र नै समानुपातिक पद्धतिमा चलेको छ । यस कारण कुनै पनि पार्टीले प्रत्यक्ष बहुमत प्राप्त गर्न धेरै सजिलो छैन । त्यस कारण कुनै न कुनै पार्टी सँग गठबन्धन गर्नुपर्ने हुन्छ’ उनले भने ‘हाम्रो पार्टी सबैभन्दा ठुलो पार्टी भएता पनि बहुमत हामी सँग छैन । भोलि पनि हुने सम्भावना कम छ । तर, हाम्रो पार्टी एक भएर लाग्या खण्डमा सच्चा मानेमा एक हुन सक्या खण्डमा हाम्रो पार्टीले एक्लै बहुमत पनि प्राप्त गर्न सक्छ ।’

attariya hospital
navjiwan hospital

उनले पार्टीभित्रको मतभेद असमझदारीलाई एक पाटोमा राखेर पार्टीलाई एक हुन आवश्यक रहेको बताए । उनले यसको सुरुवात सुदूरपश्चिमबाट हुने अपेक्षा लिएको बताए ।

उनले अहिलेको सरकारमा २ वर्ष पछि केपी ओलीले छोडेर मलाई प्रधानमन्त्री बनाउने कुरा भएको बताए । उनले कांग्रेसको मुख्य प्रतिस्पर्धी एमाले भए पनि प्रतिस्पर्धा एक ठाउँमा राखेर मिलेर जानुपर्ने बताए । उनले कांग्रेसलाई बहुमतको पार्टी बनाउन सुदूरपश्चिमबाट कांग्रेस एक ढिक्का भएर लाग्नुपर्ने दोह-याए ।

उनले पार्टीभित्र केही रोग लागेको भन्दै त्यसलाई सदा सदाका लागि अन्त्य गर्नुपर्ने बताए ।