खाेज्नुहाेस

सृजनशिल सहकारीले सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै मनायो महिला दिवस

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ८ जमुनानगरमा रहेको सृजनशिल महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले महिला दिवस मनाएको छ । शनिबार सहकारीले एक औपचारीक कार्यक्रमको आयोजना गर्दै सांस्कृतिक प्रस्तुतीहरुका साथ ११५औ अन्तरराष्ट्रिय/राष्ट्रिय महिला दिवस मनाएको हो ।

navjiwan hospital

गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा बिभिन्न भाषा, भेषभूसा झल्किने नृत्यहरु प्रस्तुत गरिएका थिए भने महिलाहरुले एकआपसमा देउडा खेल पनि खेलेका थिए ।

attariya hospital

देउडामा महिला अधिकारका विषयमा सामाग्री प्रस्तुत गरिएको थियो । संस्थाकी अध्यक्ष भावना खड्काको सभापतित्वमा आयोजित कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रमलाई गोदावरी नगरपालिका सहितका संघसंस्थाहरुको सहयोग रहेको थियो ।