कञ्चनपुर — बेलौरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सिताराम रिजालको गएराति आफ्नै निवासमा निधन भएको छ।

फोक्सोसम्बन्धी समस्याबाट पीडित रिजालको राति १२:३० बजे निधन भएको उनको परिवारिक श्रोतले जानकारी दिएको छ ।

उनी २०७९ सालको स्थानीय तह सदस्य निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
उनको आजै बेलौरीको भकुण्डा आर्यघाटमा अन्तिम संस्कार गरिने जनाएको छ।



















