खाेज्नुहाेस

सुनको मूल्यमा सामान्य गिरावट

Image
file photo

काठमाडौँ – नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँ घटेको हो ।

navjiwan hospital

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७१ हजार ३०० रुपैयाँ थियो । बुधबार भने घटेर तोलामा १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको हो ।

attariya hospital

यस्तै चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको हो ।