धनगढी– निर्माण व्यवसायी महासंघ सुदूरपश्चिमको अध्यक्षमा लक्ष्मण बहादुर स्वार निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा स्वार अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले १८३ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी किशोर ठकुराठीले ७४ मत प्राप्त गरेका थिए । महासंघको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार कपाडी १६८ मतसहित विजयी भएका छन् । त्यसैगरी उपाध्यक्ष पदमा पदम भण्डारी १६० मत र बिक्रम खड्का ९९ मत प्राप्त गर्दै निर्वाचित भए । महासचिवमा खेमराज जोशी १५९ मतसहित विजयी हुँदा उपमहासचिव (नीतिगत) मा आङदावा शेर्पा १९२ मत र उपमहासचिव (आन्तरिक) मा राजेश गिरि १७० मतसहित निर्वाचित भएका छन् ।

त्यसैगरी कोषाध्यक्ष पदमा निर्मल कुमार देउवा १७४ मत तथा सह–कोषाध्यक्षमा निर्मला सापकोटा १२९ मतसहित विजयी भएका छन् । सदस्य पदमा दिनेशराज भट्ट (१९९ मत), अमरसिंह रावल (१८३ मत), राजेश मधिकर्मी (१७५ मत), विनोदप्रसाद भट्ट (१७५ मत) तथा सुनिल कुँवर (१६० मत) सहित निर्वाचित भएका छन् । निर्वाचनमा कुल २६४ मतदाता सहभागी भएका थिए ।

















