खाेज्नुहाेस

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

Image
file photo

अत्तरिया –कञ्चनपुरका विभिन्न नाकाबाट अवैध रूपमा भारतबाट भित्र्याइएका भन्सार छलीका सामान प्रहरीले बरामद गरेको छ।

navjiwan hospital

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिक तथा भजनी नगरपालिका–७ हिक्मतपुर क्षेत्रमा शनिबार प्रहरीले बेवारिसे अवस्थामा रहेका अन्दाजी १ लाख ३९ हजार ४५० रुपैयाँ बराबरका चिनी, पेय पदार्थ, कुरकुरे, साडी, सुटपिस, तन्ना, सुपारी, प्लास्टिक झिल्ली लगायतका सामान नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले ती सामान बरामद गरेको जनाएको छ।

attariya hospital

त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–५ तिनतारा र वडा नं. ११ गड्डाचौकी क्षेत्रबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी १ लाख ३३ हजार रुपैयाँ बराबरका साडी, किराना लगायतका सामान शनिबार बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारेका ती सामान नियन्त्रणमा लिएको हो।

बरामद गरिएका सबै सामान आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।