खाेज्नुहाेस

गोदावरीको ६ लेन सडक : कहिले जडान हुन्छ स्ट्रिट लाइट ?

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले २ वर्ष अघि नै मोहना–अत्तरिया ६ लेन सडक खण्डको गोदावरी क्षेत्रमा स्ट्रिट लाइट (सडक बत्ती) जडान गर्ने निर्णय गरेको भए पनि अझै काम सुरु हुन सकेको छैन । नगरपालिकाले नेपाल विद्युत प्राधिकरणको ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभाग राष्ट्रिय सडक बत्ती प्रवर्धन आयोजना सँगको साझेदारीमा सडक बत्ती जडान गर्नको लागि प्रक्रिया अगाडि बढाएको थियो । तर, सझौता कार्यान्वयनको जिम्मा पाएको साझेदार कार्यालयको लापरबाहीका कारण सडक बत्ती जडानमा ढिलाइ भएको छ ।

सडक बत्ती जडानका लागि ६५ प्रतिशत नगरपालिका र ३५ प्रतिशत सडक बत्ती प्रवर्धन आयोजना कार्यालयले लागत साझेदारी काम गर्ने सम्झौता भएको थियो । सम्झौता अनुसार नगरपालिकाले रकम उपलब्ध गराएपछि कार्यान्वयनको जिम्मा सडक बत्ती प्रवर्धन आयोजनाको थियो । सम्झौता अनुसार नगरपालिकाले सडक बत्ती जडानका लागि २ चरणमा गरेर १ करोड ९६ लाख ५६ हजार ४ सय रुपैयाँ भुक्तानी गरिसकेको भए पनि जडानको कार्य सुरु हुन सकेको छैन ।
६ लेन सडकको गोदावरी नगरपालिका क्षेत्रमा सडक बत्ती जडानका लागि ३ करोड २ लाख ४० हजार ६८३ रुपैयाँको अनुमानित लागत तयार गरिएको थियो । सम्झौता अनुसार नगरपालिकाले पहिलो चरणमा ५० प्रतिशत अर्थात् ९८ लाख २८ हजार २ सय रुपैयाँ गत वर्ष असार २१ गते बुझाएको थियो भने बाँकी रहेको रकम यही माघ ११ गते बुझाई सकेको छ ।

add everest academy
attariya hospital

एकमुष्ट २२ पालिकामा काम गर्दा ढिलाइ

navjiwan hospital

सझौता कार्यान्वयनको जिम्मा पाएको सडक बत्ती प्रवर्धन आयोजना कार्यालयले भने एकमुष्ट २२ वटा पालिकामा काम गर्दा ढिलाइ भएको जनाएको छ । आयोजनाका मेनेजर प्रमोद रिजालले टेन्डर लगायतका अन्य प्रक्रियाहरू सम्पन्न भइसकेकाले अबको १/२ महिनाभित्रै सडक बत्ती जडानको प्रक्रिया सुरु हुने बताए । उनले विद्युत जडानको लागि ठेक्का सम्झौता, सर्भे लगायतका अन्य सम्पूर्ण कार्यहरू सम्पन्न भैसकेको बताए । ‘ठेकेदार कम्पनीसँग सम्झौता भएर प्रि कन्स्ट्रक्सन सर्भे पनि भैसकेको छ’ उनले भने ‘सामान बाहिरबाट आउदैछ, त्यो सामान आइसकेपछि काम सुरु हुन्छ ।’ उनले अब सामान आउनको लागि ठेकेदार कम्पनीलाई करिब एक महिनाको अवधि लाग्न सक्ने बताए ।

देशभरका २२ वटा पालिकाहरूको विद्युतको कार्य सँगै भइरहेकाले कसैले समयमै भुक्तानी नगर्दा काममा केही ढिलाइ भएको उनले बताए । ‘विभिन्न नगरपालिकाहरूको संयुक्त टेण्डर हो, उहाँहरूले पैसा हालिदिनुपर्ने हुन्छ । त्यो पैसा कसको हो, कति हो भन्ने सुनिश्चित नभएसम्म हामीले ठेकेदारसँग सम्झौता गर्दैनौ’ उनले भने ‘अब विभिन्न नगरपालिकाहरू हुँदा सबैको पैसा जम्मा नभएका कारणले पनि केही समय ढिला भयो ।’ उनले धेरै पालिकाहरूको एकमुष्ट टेन्डर आह्वान हुँदा प्राविधिक कुराहरूमा समस्या आएका कारण समयमै काम सुरु गर्न नसकिएको बताए । टेण्डरको सुरुवाती प्रक्रिया र प्राविधिक कारणले गर्दा पनि काममा केही ढिलाइ भएको उनले बताए ।

attariya technical collage

उनले सम्पूर्ण टेण्डर प्रक्रिया सम्पन्न भइसकेकाले अबको केही समयमा निर्माणको कार्य सुरु गरिने बताए । रिजालका अनुसार ६ लेन सडकमा सडक बत्ती जडानका लागि काठमाण्डौको सुरुवे ऊर्जा प्राइभेट लिमिटेडसँग सम्झौता भएको छ । सम्झौता अनुसार ६ लेन सडकमा लगाइने पोलहरू लेकुसो नामक चाइनिज कम्पनीको तथा लाइटहरू फिलिप्स नामको भारतीय कम्पनीको हुनुपर्ने रिजालले बताए ।

चालु आर्थिक वर्ष भित्र बत्ती बल्छ : नगरप्रमुख

यता गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले चालु आर्थिक वर्षभित्रमै ६ लेन सडकमा सडक बत्ती बल्ने बताएका छन् । उनले प्रक्रियागत रूपमा केही अवरोध आएका कारण ढिलाइ भएको भन्ने जानकारीमा आएको बताए । ‘प्रक्रियागत ढिलाइ भएको रहेछ, ३/३ पटक त टेन्डर नै रद्द भएको अवस्था छ’ उनले भने ‘तर अब चालु आर्थिक वर्ष भित्रै यो क्षेत्रमा लाइट बल्छ ।’
गोदावरी नगरपालिकाको २०७९ फागुन १९ गतेको कार्यपालिका बैठकले गेटाको आरपी फ्लोर मिलदेखि अत्तरिया चौराहा सम्मको ५.७ किलोमिटर ६ लेन सडकमा सडक बत्ती जडान गर्ने निर्णय गरेको थियो । ६ लेन सडकको धनगढी उपमहानगरपालिका खण्डमा भने यसअघि नै सडक बत्ती जडान भइसकेको छ । एउटै सडकको एकतर्फ अन्धकार हुँदा छिटो सडक बत्ती जडान गरिनुपर्ने माग स्थानीयले गर्दै आएका छन् । सडक अन्धकार हुँदा छाडा पशु चौपायाका कारण हुने दुर्घटनाको जोखिम पनि बढेको छ ।