पश्चिमी वायुको सामान्य प्रभावका कारण आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा आंशिक बदलीको अवस्था देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, ती प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

देशका अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने प्रक्षेपण गरिएको छ, तराईका भूभागहरूमा बिहानपख हुस्सु र कुहिरोको सम्भावना पनि रहेको छ।

महाशाखाले मौसम परिवर्तनले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

















