अत्तरिया – कैलालीको अत्तरिया क्षेत्रमा रहेका शैक्षिक संस्थाहरूले पनि आज सरस्वती पूजा गरेका छन् । अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालय, यस क्षेत्रकै धेरै विद्यार्थी रहेको दुर्गालक्ष्मी नमुना मावि लगायत सामुदायिक र संस्थागत विद्यालय तथा मल्टेश्वरीहरुले विभिन्न कार्यक्रम गरी सरस्वती पूजा गरेका हुन ।

विद्यालयहरूले विद्यालयमै सरस्वतीको फोटो तथा प्रतिमा स्थापना गरेर पूजाआजा गर्नुका साथै विभिन्न साङ्गीतिक कार्यक्रम पनि आयोजना गरेका छन् । सरस्वती पूजा कार्यक्रममा अभिभावकहरूको पनि सहभागिता रहेको थियो ।


भिडियो