खाेज्नुहाेस

धनगढीमा रहेका सरकारी कार्यालयका डिजिटल बोर्ड ह्याकरको निसानामा

Image

अत्तरिया – कैलालीको धनगढीमा रहेका सरकारी कार्यालयका डिजिटल बोर्ड ह्याकरको निसानामा पर्न थालेका छन् । ह्याकरले डिजिटल बोर्ड कन्ट्रोल गर्ने कम्प्युटर ह्याक गरेर आफूलाई मन लागेको शब्द लेख्ने गरेको छ ।

navjiwan hospital

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको डिजिटल बोर्ड ह्याक गरेको ह्याकरले उक्त बोर्डमा ‘आइ लभ यु चित्रा’ लेखेका छन् ।

attariya hospital

ह्याकरले सरकारी डिजिटल बोर्ड नै ह्याक गरेर भद्दा मजाक उडाइरहेका भए पनि अहिले सम्म प्रहरी ह्याकर सम्म पुग्न भने सकेको छैन । प्रहरी अनुसन्धान जारी रहेको जनाएपछि अहिले सम्म ह्याकर फेला भने परेका छैनन् ।