खाेज्नुहाेस

पूर्व सञ्चार राज्यमन्त्री शाहलाई पितृशोक

Image

कैलाली– पूर्वसञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहलाई पितृ शोक परेको छ । शाहका पिता जगतबहादुर शाहको शनिबार बिहान निधन भएको हो । उनको १०३ वर्षको उमेरमा निधन भएको पारिवारीक स्रोतले बताएको छ ।

navjiwan hospital

वि.स. १९८१ असोजमा अछामको रिडिकोट (हाल साफेबगर नगरपालिका–७) जन्मिएका मृतक शाह बूढानीलकण्ठमा छोराहरुसँग बस्दै आएका थिए । नेपाली कांग्रेसको एक यौद्धाका रुपमा परिचित मृतक शाह अछामका शिक्षासेवी र समाजसेवी पनि हुन । कांग्रेसको नेतृत्वमा २००७ सालमा डोटीमा गाभिएको कैलाशखोला पश्चिमको सिमाना अछाम जिल्लामै फर्काउन सुरु भएको शान्तिपूर्ण आन्दोलनको समेत उनले नेतृत्व गरेका थिए ।

attariya hospital

बयालपाटामा रहेको अछामकै पुरानो महेन्द्र मावि व्यवस्थापन समितिको अध्यक्ष बनेर शिक्षासेवामा लागेका मृतक शाह कुशल राजनीतिज्ञ, शिक्षासेवी एवं समाजसेवीका रुपमा परिचित थिए । उनका एक श्रीमती, पाँच छोरा र पाँच छोरी छन ।