खाेज्नुहाेस

‘तरकारी खेती गर्दा विदेश जानुपरेको छैन’

Image

अत्तरिया – मान बहादुर चौधरी आफू सँग भएको डेढ बिगाहा जग्गामा तरकारी खेती गर्दै आएका छन् । कैलालीको गोदावरी नगरपालिका – ४ खैरानामा हिउँदे बालिका रूपमा एक बिगाहामा आलु, ५ कट्ठामा गोलभेँडा र अन्य ५ कट्ठामा मुला, खुर्सानी, प्याज खेती गरेका उनले वर्ष भरी मौसमी तथा बेमोसमी खेती गर्दै आएका छन् ।

विगत एक दशक देखि व्यवसायीक तरकारी खेती गर्दै आएका उनले आम्दानीको हिसाब नराखेको बताए पनि कृषि बाटै डेढ बिगाहा जग्गा खरिद गरेको बताए । उनले कृषिबाटै ट्याक्टर, च्याम्फा ट्याक्टर खरिद गरेको बताए । कृषिबाटै मनग्य आम्दानी गरेर घर खर्च चलाइरहेका उनका ९ छोराछोरी भए पनि अहिले सम्म कसैले पनि विदेश जानु नपरेको बताए । ‘मैले २०५४ सालदेखि नै कृषि गर्दै आएको हो । व्यवसायीक तरकारी देखि गरेको पनि धेरै वर्ष भइसकेको छ’ उनले भने ‘घर खर्च यसैबाट चलेको छ । एउटा छोराले पनि तरकारी खेतीमै साथ दिएको छ ।’ उनले तरकारी खेतीका अलावा २ बिगाहा जग्गामा धान गहुँ खेती पनि गर्दै आएको बताए । उनले स्थानीय तह र संघसस्थाबाट कहिलेकाहीँ बिउ विजन लगायतका सहयोग पाउने गरेको बताए ।

attariya hospital

५ कट्ठामा तरकारी खेती गरेकी बास्कोटकी सुनिता चौधरीले पनि तरकारी खेतीबाट घर खर्च चलेको बताइन् । उनले आलु, प्याज, गोलभेँडा, खुर्सानी खेती गरेको बताइन् । उनले टनेलमा बेमोसमी खेती पनि गर्दै आएको बताइन् । उत्पादित तरकारी घर घरमै पु¥याएर बेच्ने गरेको उनले बताइन् । उनले तरकारी खेतीका लागि निड्न नेपाल संस्थाले १ महिने तालिम दिएको बताइन् ।

खैराना कै महापती चौधरीले पनि आफैले गँड्यौला मल उत्पादन गरेर तरकारी खेती गर्दै आएको बताइन् । उनले गँड्यौला मल थोरै प्रयोग गर्दा पनि राम्रो उत्पादन हुने बताइन् । उनले निड्न नेपाल संस्थाले गँड्यौला मल बनाउने तालिम दिएपछि वैशाख महिना देखि गँड्यौला मल बनाउन सुरु गरेको बताइन् । उनले हाल टनेल सहित ५ कट्ठामा तरकारी देखि गरेको बताइन् । टनेलमा काँक्रा रोपिसकेको उनले बताइन् । तरकारी खेतीको आम्दानीले घर खर्च चलेको बताउँदै उनले परिवारका सबै सदस्य तरकारी खेतीमै लागेको बताइन् ।

navjiwan hospital

खैरानामा हाल निड्न नेपालले सञ्चालन गरेको युवा तथा महिला उद्यमशीलता विकास परियोजना अन्तरगत स्थानीयहरू खैराना हरियाली कृषक समूहमा आबद्ध भएर तरकारी खेती गर्दै आएका छन् । १५ जनाको समूह बनाएर तरकारी खेती तालिम लिएका उनीहरूले हाल व्यवसायीक रूपमा तरकारी खेती गर्दै आएका छन् ।

कृषक समूहकी सचिव कल्पना चौधरीले कृषिबाट आयआर्जन वृद्धि गर्न समूह बनाएर तरकारी खेती गर्दै आएको बताइन् । उनले निड्न नेपालबाट समूहमा आबद्ध किसानलाई एक महिनाको तालिम दिएपछि तरकारी खेती गर्न सहज भएको बताइन् । समूहकी सदस्य रुपा चौधरीले तालिममा बजार व्यवस्थापनको बारेमा पनि जानकारी पाइएकाले बजारीकरणको लागि पनि सहज भएको बताइन् । उनले निड्सबाट विगत २ वर्षदेखि प्राविधिक सहयोग पनि पाइएको बताइन् ।

गोदावरी नगरपालिका – ४ का वडाध्यक्ष हेम प्रकाश मल्लले तरकारी खेती सम्बन्धी तालिम लिएर स्थानीय महिला तथा युवाहरू स्वरोजगार बनेको बताए । उनले आधुनिक तरकारी खेतीका वडाबाट टनेल जडान गर्न सहयोग गरिएको बताए । तरकारी खेतीमा लागेर थोरै भए पनि युवाहरू विदेश जानबाट रोकिएको उनले बताए ।

निड्न नेपालका कार्यक्रम संयोजक विनोद कडाराले परियोजना अन्तरगत कैलालीको गोदावरी र चुरेका युवा तथा महिलाहरूलाई विभिन्न तालिम दिएर २५० जनालाई स्वरोजगार बनाएको बताए । परियोजना अन्तरगत तरकारी खेती सँगै सिलाइ कटाइ, प्लम्बिङ, मेसन, दुग्ध डेरी, चिया नास्ता पसल, अचार उत्पादनका कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

उनले परियोजना अन्तरगत स्थानीय बैङ्क तथा सहकारी संस्था सँग पनि उद्यमीहरूलाई आबद्ध गराएर काम गरिएको बताए । परियोजना सञ्चालनका लागि लुथरन वर्ड रिलिफले आर्थिक तथा गोदावरी नगरपालिका र चुरे गाउँपालिकाले विशेष सहयोग गरेको बताए ।