खाेज्नुहाेस

बैतडीमा हिउँदे फलफूलका बिरुवाको मूल्य तोकियो

Image

बैतडी– बैतडीमा हिउँदे फलफुलका विरुवाको मुल्य तोकिएको छ । हिउँदमा फलफुल रोप्ने समय भएसँगै जिल्लाको सतबाँझस्थित सुख्खा फलफुल विकास केन्द्रले हिउँदे फलफुलका विरुवाको मुल्य तोकेको हो ।

navjiwan hospital

केन्द्रले हिउँदमा रोपिने विभिन्न फलफुलका विरुवाहरुको दररेट जारी गरेको छ । विभिन्न जातका हिउँदे फलफूलका बिरुवा नर्सरीमा उपलब्ध रहेका र ती बिरुवाहरुको मूल्य तोकिएको केन्द्रका सूचना अधिकारी चन्द्रबहादुर ठगुन्नाले बताए । उनका अनुसार केन्द्रले स्याउ कलमी प्रतिबोट ७० रुपैयाँ तोकिएको छ भने ड्वार्फ स्याउ कलमी प्रतिबोट २ सय रुपैयाँ तोकिएको छ ।

attariya hospital

यस्तै नासपाती कलमी प्रतिबोट ७०, आरु कलमी प्रतिबोट ५०, आरुबखडा कलमी प्रतिबोट ५०, खुर्सानी कलमी प्रतिबोट ५०, ओखर कलमी प्रतिबोट ३००, ओखर बिजु प्रतिबोट ४०, कागती बदाम कलमी प्रतिबोट ६० र कटुस बिजु प्रतिबोट ४० रुपैयाँ मूल्य तोकिएको ठगुन्नाले बताए । केन्द्रको नर्सरीमा विभिन्न जातका हिउँदे फलफूलका ३९ हजार ३९० बिरुवा विक्रि योग्य रहेको बताईएको छ ।