बाजुरा- बाजुराको एक विद्यालयका विपन्न बालबालिकालाई शैक्षिक साम्रगी सहयोग गरिएको छ । बुढिगंगा नगरपालिका–८ मा रहेको गिरिखेल्ने आधारभूत विद्यालयमा विद्यालय पोशाक, न्यानो लुगा, स्कुल झोला र स्टेसनरी सहयोग गरिएको हो ।

बडीमालिका फाउण्डेशनको समन्वय तथा फुट फर एभ्रीवान टीम र अष्ट्रलियन नागरिक मार्गरिता प्यरिसको सहयोगमा सो विद्यालयमा शैक्षिक साम्रगी र पोशाक सहयोग गरिएको बताइएको छ ।

विद्यालयका १२ जना विपन्न तथा अभिभावकविहीन बालबालिकालाई सहयोग गरिएको बडीमालिका फाउण्डेशन नेपालका सचिव लक्ष्मीराज पाध्यायले बताए ।


















