खाेज्नुहाेस

कारागारका एक कैदीको मृत्यु

Image

मोरङ – जिल्ला कारागार मोरङमा एक कैदीबन्दी मृत्यु भएको छ। विराटनगरमा रहेको कारागारमा आइतबार बिहान महानगरपालिका–८ का महानन्द रायको मृत्यु भएको हो।

navjiwan hospital

कारागारका जेलर चेतराज बरालका अनुसार ५५ वर्षीय रायको खुट्टामा समस्या रहेको र उपचारका लागि कोशी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

godawari nagarpalika dadhelo
attariya hospital

कार्तिक २१ गते अस्पतालमा भर्ना गरिएका रायलाई उच्च रक्तचाप, मधुमेह, मृगौलासम्बन्धी रोगसमेत रहेको उनले बताए। उनले उपचारका क्रममा आइसीयूमा बिहान करिब ३ बजे मृत्यु भएको जानकारी दिए।

रायलाई घर भाडासम्बन्धी मुद्दामा जिल्ला अदालत मोरङले गत असोज १३ गते दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय हुने फैसला गरेको थियो।