खाेज्नुहाेस

बस दुर्घटना हुँदा ९ जना घाइते

Image

काठमाडाैं  – काठमाडौँबाट राडीतर्फ आउँदै गरेको बस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ रिठामा दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।

navjiwan hospital

प्रदेश ३–०१ ००५ ख ९९६६ नम्बरको बस आज भेरी करिडोरअन्तर्गत रिठा नजिकै दुर्घटना हुँदा धादिङ खाग्री गाउँपालिका–१ का ३१ वर्षीय चालक खड्कबहादुर तामाङ, सोही गाउँपालिका–६ का २८ वर्षीय भीमबहादुर भुलन, रुकुम पश्चिमको आठबिसकोट–९ का ३१ वर्षीय प्रकाश गौतम, दोलखा भिमेश्वर नगरपालिका–७ का २६ वर्षीय प्रकाश मगराठी, आठबिसकोट–११ का १७ वर्षीय गणेश रसाइली, जाजरकोट नलगाड नगरपालिका–८ का ४५ वर्षिया भीमकुमारी चँदारा, उनको १० वर्षीय छोरा मानबहादुर चँदारा, मोरङ खेरुवा नगरपालिका–५ का २८ वर्षीय आकाश काफ्ने र जाजरकोट नलगाड–१२ की २५ वर्षीया किसङकुमारी विक घाइते भएकाे जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिए ।

attariya hospital

घाइते सबै अहिले नगर अस्पताल राडीमा उपचार भइरहको प्रहरीले जानकारी दिएकाे छ । सडकबाट ५० मिटर तल खसेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेकाे छ ।