अत्तरिया – कैलालीको गोदावरीमा सर्पले डसेर एक जना घाइते भएका छन् ।
गोदावरी नगरपालिका–५ गेटा स्थित बाटोमा सर्पले डस्दा २१ वर्षीय रमेश राना घाइते भएका हुन् । उनको सेति प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।