खाेज्नुहाेस

भन्सार छलीका सामान बरामद

Image
file photo

अत्तरिया – कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ ।

navjiwan hospital

शुक्रवार धनगढी उपमहानगरपालिका – ३ सिसा पोस्ट र भजनी नगरपालिका – ७ हिक्मतपुर घाटबाट अबैंध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका ६३ हजार १४० रुपैयाँ बराबरका सामान बरामद गरिएको हो । जसमा चिनी, सुजी, खाने तेल, डाल्डा, सेन्ट, कडाई, मिक्स्चर, खेलौना लगायतका सामानहरू रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

attariya hospital

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका – २ भासी, भीमदत्त नगरपालिका – ९ जमुना घाडी र बेलौरी नगरपालिका – ६ भुराकोटबाट अबैंध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका २ लाख १२ हजार २८५ रुपैयाँ बराबरको चिनी, पेय पदार्थ, दाल, सरप, बिस्कुट, ब्याट्री, सुट पिस, सर्ट, टी–सर्ट, पाइन्ट, चप्पल, कुखुराका चल्ला लगायतका सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।