खाेज्नुहाेस

कञ्चनपुरमा ७ लाख बढीको अवैध सामान बरामद

Image
file photo
navjiwan hospital

अत्तरिया- कञ्चनपुरमा ७ लाख बढीको अवैध सामान बरामद गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट ७ लाख १२ हजार ६२० मूल्य बराबरको अवैध सामान बरामद गरिएको हो ।

बिहीबार भीमदत्त नगरपालिका-२ भासी, भीमदत्त-६ ऐठपुर, भीमदत्त-११ चौकीसत्ता, बेलौरी नगरपालिका-१ दीपज्योती विद्यालय नजिक र बेलौरी-६ नयाँगाउँबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका चुरोट, सरफ, चप्पल, प्याजको बिउ, पर्दाको कपडा, बदाम, पेय पदार्थ, ब्रोइलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

attariya hospital