खाेज्नुहाेस

बैतडीका भगवती मन्दिरमा एक हजार पशुबलि चढाइयो

Image

बैतडी – बैतडीका बिभिन्न भगवती मन्दिरमा महाअष्टमीको जात्राको अवसरमा १ हजार बढी पशुको बलि दिइएको छ । महाअष्टमीसम्म यहाँका भगवती मन्दिरमा करिब एक हजार पशुबलि चढाइएको जनाएको छ। जिल्लाकै प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा लागेको अष्टमी मेलामा मात्रै ५ सय १२ पशुको बलि दिइएको छ। दशरथचन्द नगरपालिका–२ स्थित निङ्गलाशैनी भगवति मन्दिरमा ३ सय १७ राँगा र १ सय ९५ बोकाको बलि दिइएको निङ्गलाशैनी मेला व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज बोहराले जानकारी दिए।

पाटन नगरपालिका–६ स्थित उदयदेव मन्दिरमा ३८ राँगा र १२ बोकाको बलि दिइएको छ।

attariya hospital

मेलौली नगरपालिकामा रहेको मेलौली भगवती मन्दिरमा २ दुई सय २० पशुको बलि दिइएको छ। जसमा १ सय राँगा र १ सय २० बोकाको बलि दिइएको मन्दिर व्यवस्थापन समितका अध्यक्ष नरेश नायकले जानकारी दिए।

navjiwan hospital

सुर्नया गाउँपालिका–५ स्थित फल्ङासैनी मन्दिरमा २१ वटा पशुको बलि दिइएको छ। बिहीबार राति १४ राँगा र सात बोकाको बलि दिइएको सो गाउँपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष केशवसिंह बिष्टले जानकारी दिए।

डिलासैनी गाउँपालिका–५ को कफलासैनी भगवती मन्दिरमा ३० वटा राँगा र ३५ वटा बोकाको गरी ६५ पशुको बलि दिइएको वडा नम्बर ५ का वडा अध्यक्ष यज्ञ भट्टले जानकारी दिए।

डिलासैनी–६ को निङ्गलाशैनी भगवती मन्दिरमा २१ राँगा र दुई बोका गरी २३ पशुको बलि दिइएको मेला व्यवस्थापन समितिका सदस्य आँसु मालले बताए। पुर्चौडीका विभिन्न भगवती मन्दिरमा गरेर १२ राँगा र ४२ बोकाको बलि चढाइएको छ।

डिलासैनी–१ को दुर्गाभवानी मन्दिरमा नवरात्रिभर १८ बोकाको बलि दिइएको स्थानीय शिक्षक धर्मराज भट्टले जानकारी दिए।

यस्तै दोगडाकेदार गाउँपालिका ३ सिल्लमा रहेको रणशैनी भगवती मन्दिरमा २६ राँगा र ३२ बोकाको बलि दिइएको रणशैनी भगवती मेला व्यवस्थापन समिति सदस्य जनक चन्दले जानकारी दिए। यहाँका मन्दिरमा लाग्ने जात्रामा छिमेकी राष्ट्र भारतका समेत दर्शनार्थी आउने गरेका छन्।