धनगढी – कैलालीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन। चुरे गाउँपालिका–६ मल्लो ढुङ्गेनीका ५५ वर्षीय डम्बर चुनाराले आफ्नी श्रीमती ४७ वर्षीया हिरादेवी चुनाराको बन्चरो प्रहार गरेर हत्या गरेका हुन।

बिहिवार राति डम्बरले श्रीमती हिरादेवीको बन्चरो प्रहार गरेर हत्या गरेका प्रहरीले जनाएको छ।

डम्बरलाई पक्राउ गरिसकेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

















