बझाङ- बझाङमा पहिरो खसेर अवरुद्ध रहेको जयपृथ्वी राजमार्ग खुलेको छ । बिहीबार तमैल बजार नजिकै जालेबगरमा पहिरो गई अवरुद्ध भएको राजमार्ग ५ दिनपछि खुलेको हो ।

ढुङ्गा झर्न रोकिएपछि जयपृथ्वी नगरपालिका र केदारस्युँ गाउँपालिकाको जेसिबि लगाएर पहिरो हटाएसँगै आज बिहानबाट राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

राजमार्ग सुचारु भएपनि लगातार लेदो सहितको पहिरो खसिरहेकाले आवतजावत गर्न जोखिम नै रहेको हुँदा सचेत भएर यात्रा गर्न जिल्ला प्रहरी कार्यालय बझाङले अनुरोध गरेको छ ।

















