खाेज्नुहाेस

डोटीमा चोरी-डकैती गरी फरार रहेका मोहन पक्राउ

Image

अत्तरिया- डोटीमा चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । कालिकोट सान्नी त्रिवेणी गाँउपालिका-९ बस्ने ४७ वर्षका मोहन केसी पक्राउ परेका हुन् ।

navjiwan hospital

प्रहरीका अनुसार उनी वृद्धवृद्धाहरुलाई पेय पदार्थमा बेहोस हुने विषादी खुवाई चोरी-डकैती गरी फरार रहेका थिए । चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा अनुसन्धानको क्रममा फरार रहेका उनलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।

attariya hospital

केसीलाई जिल्ला प्रहरी कार्यालय मान्मा कालिकोटको सहयोगमा सोमबार पक्राउ गरी जिल्ला अदालत डोटी पेश गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।