अत्तरिया – सुदूरपश्चिम सरकारले गौशाला निर्माणको लागि एक करोड विनियोजन गरेको छ ।
सोमबार प्रदेश सभामा आर्थीक वर्ष २०८१÷०८२ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले छाडा चौपायाको व्यवस्थापनको लागि स्थानीय तहसंग साझेदारी गरी गौशाला निर्माण गर्न एक करोड विनियोजन गरेको बताए ।