खाेज्नुहाेस

डोटीमा घरमाथि खसेको पहिरोले च्यापिएर श्रीमान् श्रीमती घाइते

Image
file photo
navjiwan hospital

डोटी- डोटीमा घरमाथि खसेको पहिरोले च्यापिएर श्रीमान् श्रीमती घाइते भएका छन् । बडीकेदार गाउँपालिका–४ टिमुट्टेमा घरमाथि पहिरो खस्दा च्यापिएर ४५ वर्षीय तुलाराम जेठारा र उनकी श्रीमती ४० वर्षीया भागरथि जेठारा घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बिहीबार बिहान पहिरोले घरभित्र च्यापिएका दुवै जनाको उद्धार गरी स्वास्थ्य चौकी लगिएको छ । तुलारामको अवस्था मध्यम र उनकी श्रीमतीको अवस्था गम्भीर रहेको कार्यालयका डिएसपी भिमलाल भट्टराईले बताए ।

attariya hospital