डोटी – डोटीमा सेती नदीले सर्तकता तह पार गरेको छ ।

शुक्रबार डोटीको दिपायलस्थित सेती नदीले जलसतहको सर्तकता तह पार गरेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ । डोटीस्थित बाढी मापन केन्द्रमा पश्चिम सेतीको जलसतह सर्तकता तह पार भएको विभागले जानकारी गराएको छ ।

नदीमा पानीको बहाव बढ्दो क्रममा भएकाले पश्चिम सेतीको कर्णाली दोभानसम्मको तटीय क्षेत्रमा शुक्रबार साँझ ७ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
















