खाेज्नुहाेस

जयपृथ्वी राजमार्ग अवरुद्ध

Image

बझाङ – बझाङको छबिसपाथिभेरा गाउँपालिका १ जालीबगरमा सुक्खा पहिरो खसेर जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध सडक खुलाउन शुक्रबार बिहानबाट पहिरो पन्छाउन सुरु गरिएको छ ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय बझाङका इन्सपेक्टर किशोर जोशीले पहिरो ठूलो भएकाले राजमार्ग खुलाउन केही घण्टा लाग्ने बताए ।

attariya hospital

‘हिजो निरन्तर ढुंगामुढा झरिरहेकाले पहिरो पन्छाउन सकिएन, आज बिहानैबाट डोजरको सहायताले पहिरो पन्छाउन थालिएको छ,’ इन्सपेक्टर जोशीले भने, ‘ठूलै पहिरो भएकाले बाटो खुल्न समय लाग्छ ।’

पहिरो झर्न नरोकिएपछि स्थानीय प्रशासनले सो क्षेत्र नजिक जान रोक लगाएको थियो । बाटो पूर्णरुपमा बन्द भएकाले बझाङ–अत्तरीया खण्डमा चल्ने सवारी साधन चल्न सकेका छैनन् ।